आइएमई जनरल इन्स्योरेन्सले निर्जिबन बीमा अभिकर्ताको तालिम दिने
२५ बैशाख २०७९, आईतवार १०:४३
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले निर्जिबन बीमा अभिकर्ताको आधारभुत तालिम दिने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ४ दिने तालिम दिन लागेको हो ।
कम्पनीले जेठ ९ गतेदेखि जेठ १२ गतेसम्म निर्जिबन बीमा अभिकर्ताको आधारभूत तालिम संचालन गर्न लागेको हो । उक्त तालिम कम्पनीको प्रधान कार्यालय, नारायणचौर, नक्साल काठमाडौंमा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म हुनेछ ।
उक्त तालिममा सहभागी हुन चाहाने इच्छुक ब्यक्तिले आवश्यक कागजातसहित जेठ ८ गतेभित्र कम्पनीको कार्यालयमा आवेदन दिन सक्नेछन् ।