ज्योति लाइफ इन्स्योरेन्सको खुद नाफा ८० प्रतिशतले बढ्यो, बीमा कोष कति ?

२५ बैशाख २०७९, आईतवार १०:३२

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।यस त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दा कम्पनीको खुद नाफासँगै अन्य प्रमुख सूचकमा समेत उत्कृष्ट सुधार देखिएको छ।

यस त्रैमाससम्ममा कम्पनीको खुद नाफा झण्डै ८० प्रतिशतले वृद्धि भएको छ। यस अवधिसम्ममा कम्पनीको खुद नाफा ७० दशमलव ९९ प्रतिशत ले बढेर २० करोड ६५ लाख ९ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १२ करोड ७ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा जीवन बीमाकोषको आकार ६१.९१% ले बढेर ५ अर्ब ६६ करोड १८ लाख २७ हजार रुपैयाँ पुगेको छ ।

खुद बीमा शुल्क आर्जन १२.७९% ले बढेर २ अर्ब ४९ करोड ३८ लाख ६७ हजार रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ०६ पैसाले बढेर वार्षिक ११ रुपैयाँ ३८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १२७ रुपैयाा ०९ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*