युनियन लाइफ इन्स्योरेन्स कम्पनीका सिइओले कति लिए तलब भत्ता ?

२४ बैशाख २०७९, शनिबार १२:०२

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमु्ख कार्यकारी अधिकृत (सिइओ) मनोज कुमार लाल कर्णको वार्षिक तलब भत्ता तथा अन्य सुविधा ९१ लाख ८ हजार ४६७ रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्ष २०७७।०७८ मा सिइओ कर्णले पारिश्रमिक, भत्ता तथा सुविधा बापत ५८ लाख ८२ हजार ५३० रुपैयाँ बुझेका थिए । यस आर्थिक वर्षसम्ममा सिइओ कर्णको वार्षिक पारिश्रमिक तथा भत्ता ५४.८३ प्रतिशतले बृद्धि भएको छ ।

जीवन बीमा, कर्मचारी बोनस, दुर्घटना बीमा र स्वास्थ्य तथा परिवार बीमा सहित समावेश गरी सिइओ कर्णलाई कम्पनीले उक्त भत्ता प्रदान गरेको हो ।

युनियन लाइफ इन्स्योरेन्सको वैशाख २३ गते सम्पन्न चौथो वार्षिक साधारण सभाले सिइओ कर्णको वार्षिक तलब तथा भत्ता पारित गरेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*