एभरेष्ट इन्स्योरेन्सद्धारा पाँच जना संचालक निर्वाचित

२३ बैशाख २०७९, शुक्रबार १२:५२

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले संचालन निर्वाचित गरको छ । कम्नपीको वैशाख २१ गते सम्पन्न २७औं वार्षिक साधारण सभाले सर्वसाधारण र संस्थापक शेयरधनीतर्फबाट संचालकहरु चयन गरेको हो ।

संस्थापक समुह (क) तर्फबाट राजीब सापकोट, भुवल राई, अन्जिला विष्ट निर्वाचन भएका छन् । त्यस्तै, सर्वसाधारण समुह (ख) तर्फबाट प्रतिनिधित्व गर्न राम प्रसाद खनाल, हेमराज थापा दुई जना गरी कुल ६ जना संचालकहरु चयन भएका छन् ।

एभरेष्ट इन्स्योरेन्सले हिमालयन जनरल इन्स्योरेन्स कम्पनीसँग मर्जरमा जान वैशाख २२ गते सहमति पत्रमा हस्ताक्षर गरिसकेको छ । यी दुवै कम्पनी मर्जरमा गएपछि बन्ने कम्नपीको चुक्तापुँजी २ अर्ब ४२ करोड रुपैयाँ पुग्नेछ । साथै डीडीए आएपछि मात्रै कति कति स्वाप रेसियोमा मर्जर हुन लागेको तोकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*