खराब कर्जा बढेसँगै सबैको लघुवित्तको नाफा घट्यो, चुक्तापुँजी र रिजर्भको आकारमा बृद्धि

२३ बैशाख २०७९, शुक्रबार ११:३३

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ७ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

संस्थाले आज प्रकाशित गरको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा ९.७५ प्रतिशतले घटेको हो । गत आवको यर्सै अवधिसम्म संस्थाले ७ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी र संचालन नाफा भने बृद्धि हुन पुगेको छ । खुद ब्याज आम्दानी ३१.०३ प्रतिशतले बढेर १९ करोड १७ लाख रुपैयाँ पुगेको छ भने संचालन नाफा १२.५० प्रतिशतले बढेर ९ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।

खुद ब्याज आम्दानी र संचालन नाफा दुवै बढेपनि संस्थाको खराब कर्जा बढेकोले नाफा घट्न पुगेको हो । गत आवमा ०.२८% मात्रै रहेको खराब कर्जा यस अवधिसम्म १.३३% ले बढ्न पुगेको छ । यसकारण संस्थाले नाफामा सुधार गर्न नसकेको हो ।

यस अवधिसम्म संस्थाको चुक्तापुँजी ३१.०५% ले बढेर २७ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषको आकार ४२ प्रतिशतले बढेर १३ करोड २३ लाख रुपैयाँ संचित गर्न सफल भउको छ ।

यस अवधिसम्म संस्थाको प्रतिशेयर आम्दानी १५.९७ रुपैयाँ घटेर ३५.३३ रुपैयाँमा सीमित भएको छ भने प्रतिशेयर नेटवर्थ ३.८१ रुपैयाँ बढेर १४९.०४ रुपैयाँ पुगेको छ ।

चालु आवको ९ महिनासम्ममा संस्थाले बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ९६ करोड ३४ लाख रुपैयाँ सापटी लिएर ४ अर्ब ५५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । त्यस्तै, १ अर्ब २५ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*