नयाँ सारथी लघुवित्तको खुद नाफा घट्यो, अन्य सूचक कस्तो ?

२३ बैशाख २०७९, शुक्रबार १०:४५

काठमाडौं । नयाँ सारथी लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा सामान्य घटेको छ।चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ६ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २।२२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा धनात्मक भएपनि कम खराब कर्जा उठाएका कारण लघुवित्तको नाफा घटेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११।१९ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १०।६७ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ३६ करोड ९७ लाख रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ११ करोड ५५ लाख रुपैयाँ धनात्मक भएको छ।

समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३ रुपैयाँ ६१ पैसा घटेर ३३ रुपैयाँ ५१ पैसामा झरेको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २९।२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१५ रुपैयाँ ८३ पैसा रहेको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*