क्रिएटिभ क्रिएसन्स एण्ड मिडियाले ल्यायो भ्वाइस सेवा

२२ बैशाख २०७९, बिहीबार १६:०३

काठमाडौं । क्रिएटिभ क्रिएसन्स एण्ड मिडियाले चुनावको मुखैमा भ्वाइस म्यासेज सेवा सार्वजनिक गरेको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै सूचना प्रवाहमा थप सहज बनाउने उद्देश्यले क्रिएटिभ भ्वाइसको नाममा नयाँ सेवा उपलब्ध गराउने जनाएको हो ।

यो सेवा बल्क एसएमएस प्रणालीको परिष्कृत संस्करण भएको कम्पनीले जनाएको छ । संस्थाहरूले भ्वाइस सेवा मार्फत सर्वेक्षणहरू पनि चलाउन सक्ने जनाइएको छ ।

क्रिएटिभ भ्वाइसले व्यक्ति वा संस्थालाई आफ्नो सन्देश अडियो ढाँचामा एकैपटक फोन कलमार्फत ठूलो संख्यामा मानिसहरूलाई प्रसारण गर्न मद्दत गर्ने कम्पनीको विश्वास छ । भ्वाइस सेवा मार्फत आफ्नै आवाजमा समेत सन्देश पठाउन मिल्ने भएकोले साना तथा ठुला सबै व्यवसाय लाई प्रभावकारी हुने कम्पनीले जनाएको छ ।

विभिन्न समूहका व्यक्ति तथा व्यवसायहरूले अब यो स्वचालित विधिबाट लक्षित समूहमा आफ्ना सन्देश वा सूचना सजिलै पु¥याउनसक्ने कम्पनीले जनाएको छ ।

क्रिएटिभ क्रियसन्सले विगत लामो समय देखि बल्क एस.एम.एस. (एकै पटक धेरै नम्बरहरूमा म्यासेज, रिजल्ट प्रकाशन, भोटिङ्ग)को सेवा उपलब्ध गराउदै आएको छ ।

क्रिएटिभ क्रिएसन्स एण्ड मिडियाबारे जानकारी
सञ्चार जगतमा नयाँ नयाँ आविष्कार र प्रविधिहरू आईरहेको छ । विगतमा एक ठाउँबाट अर्को ठाउँमा सुचना तथा सन्देश पठाउन प्ररेवाको प्रयोग देखि चिठी पत्रको प्रयोग भईरहेको थियो ।

अहिले मानिसहरू व्यस्त हुदै जादा धेरै व्यक्ति माझ सुचना तथा सन्देश एकैपटक कम समयमा पु¥याउनु पर्ने अवस्था छ । यसका लागि केही विकल्पहरू हामी माझ छन् भने नयाँ र अझ विकसित प्रविधिहरू आईरहेको छ ।

भ्वाइस सेवा एउटा ब्रोडकास्ट प्लेटफर्म हो, जहाँ कम्पनी तथा विभिन्न संस्थाले समाचार, सूचना, सार्वजनिक सेवा घोषणा वा अन्य सम्बन्धित भ्वाइस सन्देश एकैपटकमा ठूलो संख्यामा मानिसहरूलाई प्रसारण गर्न सक्छन् ।

विगतका दिनहरुमा मिडिया ३६० सेवा सँगै बल्क एसएमएस सेवा प्रदान गर्दै आइरहेको छ । साथै कम्पनीले प्रदान गरेको क्रिएटिभ एसएमएस (बल्क एसएमएस) सेवा सातै प्रदेशका ५० भन्दा बढी संस्था तथा निकायहरुले प्रयोग गरिरहेका छन् । छोटो समयमा सूचना तथा सन्देश लाखौं माझ एकै पटक पठाउन सकिने हुँदा क्रिएटिभ एसएमएसले मानिसहरुको कार्यमा साथ पुर्याइरहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*