रारा हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स नियुक्त

२२ बैशाख २०७९, बिहीबार ११:४५

काठमाडौं । रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडे सर्वसाधारणहरुमा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर निष्काशन गर्न बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ ।

बिक्री प्रबन्धक नियुक्तसम्बन्धी सम्झौतामा बुधबार दुवै पक्षबाट हस्ताक्षर भएको हो । सम्झौतापत्रमा रारा हाइड्रोपावरका तर्फबाट संचालक लाल बैद्य तथा मेगा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) सवीर बादे श्रेष्ठले एक कार्यक्रमकाबीच हस्तार गरेका हुन् ।

सम्झौतापश्चात् अब कम्पनीले सर्वसाधारणमा शेयर निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डसमक्ष अनुमति प्राप्त गर्न आवश्यक प्रक्रिया अघि बढाउनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*