आइपीओ निष्काशनको तयारीमा रहेको आदर्श लघुवित्तको यस्तो देखियो वित्तीय अवस्था

२२ बैशाख २०७९, बिहीबार ११:२५

काठमाडौं । साधारण शेयर (आइपीओ)निष्काशनको तयारीमा रहेको आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २१ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार लघुवित्तको नफा ३८.१७ प्रतिशतले बढेको हो । गत आवको यसै अवधिसम्म संस्थाले १५ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी बढेको छ भने संचालन मुनाफामा सामान्य गिरावट आएको छ । संस्थाले यस अवधिसम्म खुद ब्याज आम्दानी २३.०७ प्रतिशतले बढाएर १ करोड ३४ लाख रुपैयाँ पुर्याएको छ । जसकारण कम्पनीको नाफामा उल्लेख्य सुधार आएको हो ।
खुद ब्याज आम्दानी बढ्दा यता संचालन नाफा पनि घटेर २३ लाख ७३ हजार रुपैयाँमा सीमित हुन पुगेको छ । गत आवमा संस्थाको यस्तो नाफा २४ लाख ८७ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिसम्म संस्थाले बैंक तथा वित्तीय संस्थाबाट १२ करोड १ लाख रुपैयाँ सापटी लिई २७ करोड ४७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । त्यस्तै, संस्थाले यस अवधिसम्म १३ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

संस्थाको यस अवधिसम्म चुक्तापुँजी १४ करोड रुपैयाँ रहेकोमा जगेडा कोषमा ८ करोड ३८ लाख रुपैयाँ संचित रहेको छ । संस्थाको खराब कर्जा यस अवधिसम्म १.४१ प्रतिशत रहेको छ ।

कम्पनीले सर्वसाधारणहरुमा आइपीओ निष्काशन गर्ने तयारीमा रहेको छ । लघुवित्तले ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्डबाट अनुुमति पाएपश्चात् कम्पनीले सो कित्ता बराबर आइपीओ सर्वसाधारणमा जारी गर्नेछ । संस्थाले आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*