मञ्जुश्री फाइनान्सको कम्पनी सचिवको जिम्मेवारी विकास राज शाक्यलाई
२२ बैशाख २०७९, बिहीबार १०:५६
काठमाडौ । मञ्जुश्री फाइनान्स लिमिटेडको कम्पनी सचिवको जिम्मेवारी विकास राज शाक्य दिइएको छ् । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा शाक्यलाई कम्पनी सचिवमा चयन गरेको जनाएको हो ।
कम्पनीको वैशाख २२ गते बसेको संचालक समितिको बैठकले कम्पनीको प्रबन्धक शाक्यलाई आजकै मितिदेखि लागू हुनेगरी कम्पनी सचिवको जिम्मेवारी दिएको हो ।