कुमार-सीएफइसी जेभीलाई सिद्धार्थ इन्स्योरेन्सद्धारा पौने ९ करोड रुपैयाँको बीमा दाबी भुक्तानी

२१ बैशाख २०७९, बुधबार १६:२१

काठमाडौं । गत बर्ष मौसम विभागले सो वर्षको मनसुन सकिएको घोषणा गरिएको साता नपुग्दै मिति २०७८ असोज ३१ देखि कार्तिक २ गते सम्मको लगातार बेमौसमी बर्षातले देशैभर व्यापक जनधन क्षति भएको थियो । अक्टोवर महिनामा भएको भारि बर्षा १२ बर्ष यताकै उच्च थियो ।

उक्त बर्षातको कारणबाट महाकाली नदिमा आएको बाढीले कञ्चनपुरको भिमदत्त–१२ ओदाली स्थित निर्माणाधिन ६ लेनको सडक मनोरञ्जन पार्कको निमित्त बनेका पोखरीका संरचना ४ लेनको पक्की पुलको पहुँच मार्गमा ठूलो क्षति पुयाएको थियो ।

उक्त परियोजनाको यस बीमा कम्पनीमा ठेकेदारको सम्पूर्ण जोखिम बीमा भएकोले मूल्यांकनकर्ता बाट मूल्यांकन भइ कायम भएको क्षति वापतको बीमा रकम ८ करोड ९७ लाख ९८ हजार रुपैयाँको चेक कम्पनीका सिईओ वीरेन्द्र वैदवार क्षेत्रीले वीमित कुमार—सी एफ इ सी जे/भी का प्रतिनिधी शुशील कुमार श्रेष्ठ लाई हस्तान्तरण गरेका छन् ।

चालु आर्थिक वर्ष २०७८/७९ को हाल सम्म यस कम्पनीले ७८२८ वटा दावी फर्छयौट गरी रु. १,०७६,०२६,९४८/– तथा अग्रिम दावी वापत विभिन्न दावी कर्ताहरुलाई रु.८०,०००,०००/– भुक्तानी गरी जम्मा रु. १,१५६,०२६,९४८/– भुक्तानी गरेको छ भने फर्छयौट गर्न वाँकी दावीको संख्या ३८५७ (कोरोना दावी वाहेक) रहेको र सो वापत भुक्तानी गर्नु पर्ने रकमं रु.१,१६०,७६२,५९५/– रहेको छ ।

छिटो छरितो दावी फर्छयौट गर्ने कम्पनीको लक्ष्य अनुरुप वाँकी रहेका दावी यथासिघ्र फर्छयौट गरी दावी रकम भुक्तानी गर्न कम्पनी क्रियासिल रहेको हुदा वीमा दावी गर्नु हुने सम्पूर्ण वीमितहरुले दावीसँग सम्वन्धित कागजातहरु सर्भेयर वा कम्पनीमा बुझाई दावी फर्छयौट कार्यमा सहयोग गर्न कम्पनीले आग्रह गरेको छ। कम्पनीको सेवा प्रति विश्वास गरी हामीलाई सेवा प्रदान गर्ने अवसर दिनु हुने सम्पूर्ण वीमितहरु प्रति कम्पनीले आभार व्यक्त गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*