पिपुल्स हाइड्रोपावरले ८० करोडको आइपीओ जारी गर्न बोर्डसँग माग्यो अनुमति

२१ बैशाख २०७९, बुधबार १७:३०

काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आइपीओ)निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय वासिन्दाका लागि र सर्वसाधारणका लागि ८० करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो ।

कम्पनीले वैशाख १२ गते बोर्डमा निवेदन दिएको हो । बोर्डबाट स्वीकृति पाएपश्चात कम्पनीले ८० करोड रुपैयाँ बराबरको ८० लाख कित्ता शेयर निष्काशन तथा बिक्री खुल्ला गर्नेछ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि र दोस्रो चरणमा सर्वसाधारणका लागि कम्पनीले शेयर निष्काशन गर्नेछ ।

कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिट लिमिटेडलाई नियुक्त गरिसकेको छ । वि.सं. २०६४ साल असोज २२ गते स्थापना भएको यस कम्पनीले लमजुङमा ४९.६ मेगावाटको सुपर दोर्दी ख हाइड्रोपावर आयोजना निर्माण गरिरहको छ । हाल कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*