एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२१ बैशाख २०७९, बुधबार १५:४२

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभा अग्रवाल भवन कमलपोखरीमा सम्पन्न भएको हो । सभाले ६ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३१५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी सभाले निर्जीवन बीमा ब्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी संचालक समितिलाई दिएको सम्पूर्ण अधिकारलाई निरन्तरता दिने प्रस्ताव पनि पारित गरेको छ ।
सभामा चालु आर्थिक बर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*