अरुण भ्याली हाइड्रोपावर सहित यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

२१ बैशाख २०७९, बुधबार १५:१६

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा गिरावट आएको छ । सोमबार ४८ अंकले घटेर बन्द भएको शेयरबजार आज ३४ अंकले घट्न पुगेको छ ।

क्रमशः घट्दै गइरहेको शेयरबजार पछिल्लो समय नजिकिदै गइरहको स्थानीय तहको निर्वाचन र बीचबीचमा परेको सार्वजनिक विदाले पनि झनै प्रभावित बनेको देखिएको छ ।

आज नेप्सेमा सूचीकृत २३३ कम्पनीको ३६ लाख २ हजार ८४८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २६ करोड ९२ लाख १९ हजार ४२१ रुपैयाँको कारोबार भएको छ ।

शेयरबजारमा शेयरको मात्रा सँगै कारोबार रकम समेत खुम्चिन पुगेको छ । १२ लाख भन्दा बढी लगानीकर्ताको संख्या रहेपनि पछिल्लो समय शेयरबजारमा खासै कारोबार बढ्न सकेको छैन ।

आज सर्वाधिक अरुण भ्याली हाइड्रोपावरको कारोबार भएको छ । कम्पनीको आज एकैदिन ४ करोड ५८ लाख ९६ हजार रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालय डिस्टिलरीको ३ करोड ५२ लाख, नबिल बैंकको ३ करोड ४२ लाख, एनटिसिको ३ करोड ४० लाख र निफ्राको २ करोड ९२ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*