२२७५ को विन्दुमा झर्यो नेप्से, ३४ अंकले घट्दा १ अर्बमा खुम्चियो कारोबार

२१ बैशाख २०७९, बुधबार १५:०९

काठमाडौं । साताको चौथो दिन नेप्से परिसूचक ३४ अंकले घटेको छ । क्रमशः घट्दै गइरहेको शेयरबजार पछिल्लो समय नजिकिदै गइरहको स्थानीय तहको निर्वाचन र बीचबीचमा परेको सार्वजनिक विदाले पनि झनै प्रभावित बनेको देखिएको छ ।

कारोबार खुलेको दिन अर्थात् सोमबार ४८ अंकले घटेर बन्द भएको नेप्से परिसूचक आज ३१.७६ अंकले घटेर २२७५.६८ विन्दुमा पुगेको छ । केही महिनाउता २६।२७ सयको विन्दुमा कायम हुने नेप्से इन्डेक्स आज घटेर २२ सयको विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा सूचीकृत २३३ कम्पनीको ३६ लाख २ हजार ८४८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २६ करोड ९२ लाख १९ हजार ४२१ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् । सर्वाधिक जीवन बीमा समूहको २८६.८२ रुपैयाँ र निर्जिनब बीमा समुहको २१०.८२ रुपैयाँले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*