नेपाल हाइड्रो डेभलपर्सको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?

२१ बैशाख २०७९, बुधबार १३:१६

काठमाडौं । नेपाल हाइड्रो डेभलपर्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षको भन्दा १५४.६५% ले धेरै हो । गत वर्ष कम्पनीले १ करोड १२ लाख रुपैयाँ नाफा कमाएका थियो । एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी बढेकोले नाफा बढ्न पुगेको छ ।

कम्पनीले एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी ६ करोड ३ लाख ७५ हजार रुपैयाँबाट बढाएर ७ करोड ५६ लाख रुपैयाँ पुर्याएको छ । कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी भने घटेको छ । गत वर्ष अन्य स्रोतबाट ३ लाख ४४ हजार रुपैयाँ आम्दानी गरेकोमा यो त्रैमासमा घटेर ७७ हजार रुपैयाँमा सिमित भएको छ ।

चैत मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ३१ करोड ९९ लाख रुपैयाँ र जगेडा कोषमा १ करोड ७८ लाख रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी ५ रुपैयाँ २ पैसाबाट बढेर ११ रुपैयाँ ९५ पैसा (वार्षिक) कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ५७ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*