वैशाख २८ देखि सर्वसाधारणका लागि २७ लाख कित्ता आइपीओ निष्काशन गर्दैै रिभर फल्स पावर

२० बैशाख २०७९, मंगलवार ११:१०

काठमाडौं । भर्खरै आयोजना प्रभावित स्थानियका लागि आइपीओ निष्काशन गरेर बाँडफाँड सम्पन्न गरेको रिभर फल्स पावरले सर्वसाधारणका लागि पनि आइपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले यहि वैशाख २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले २७ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ । यो मध्ये ५% अर्थात् १ लाख ३६ हजार ५०० कित्ता सामुहीक लगानी कोष र २% अर्थात् ५४ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी २५ लाख ३८ हजार ९०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ ११ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले रिभर फल्सको आइपीओलाई ‘कियर एनपी डबल बी माइनस आइएस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*