विन नेपाल लघुवित्तको खुद नाफा ५३ लाख ९४ हजार रुपैयाँ, अन्य सूचक कस्तो?
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा सामान्य गिरावट आएको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ५३ लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको तुलनामा २१.८१ प्रतिशतले कम हो । गत आवको यसै अवधिसम्ममा लघुवित्तले ६८ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफामा पनि गिरावट आएको छ । यसकारण लघुवित्तको नाफा घट्न पुगेको हो । चैत मसान्तसम्ममा संस्थाको खुद ब्याज आम्दानी ७.२१ प्रतिशतले घटेर ३ करोड २२ लाख रुपैयाँमा झरेको छ । गत आवको यसै अवधिसम्ममा यस्तो आम्दानी ३ करोड ५० लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै, गत आवमा १ अर्ब ३९ करोड ऋणात्मक रहेको संचालनमा मुनाफामा कमी आएको छ । यस आवमा संचालन मुनाफा ३० करोड १३ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
समिक्षा अवधिसम्म संस्थाको चुक्तापुँजी बढेर ७ करोड २४ लाख रुपैयाँ रहेकोमा जगेडा कोषको आकार बढेर २ करोड ६ लाख रुपैयाँ संचित रहेको छ । साथै यस अवधिसम्म संस्थाले बैंक तथा वित्तीय संस्थाबाट ७० करोड ५१ लाख रुपैयाँ सापटी लिएर ८८ करोड ७९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । त्यस्तै, यस अवधिसम्म संस्थाले १६ करोड ५१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।
कम्पनीको वार्षिकी प्रतिशेयर आम्दानी १४.८९ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १३९.६४ रुपैयाँ रहेको छ । त्यस्तै, मूल्य आम्दानी अनुपात ८८.३० रुपैयाँ र तरलता अनुपात ५४.४२% रहेको छ ।