आइएमई जनरल इन्स्योरेन्सको अवतरित हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको अवितरित हकप्रद शेयरमा आवेदन दिने आज (बैशाख २१ गते) अन्तिम दिन रहेको छ ।
कम्पनीले बैशाख १२ गतेदेखि बैशाख २० गतेसम्म ९१ हजार १९५ कित्ता शेयर लिलामीमा बिक्री खुला गरेकोमा २० गते बक्र ईद परेकोमा सो दिन नेपाल सरकारले सार्वजनिक विदा दिएको थियो । कम्पनीले उक्त दिन विदा परेको कारण वैशाख २१ गते सम्म अवधि थप गरेको हो ।
आइएमई जनरल इन्स्योरेन्सले संस्थापक समूहको २ हजार २६१ कित्ता र सर्वसाधारण समूहतर्फको ८८ हजार ९३४ कित्ता शेयर गरी कूल ९१ हजार १९५ कित्ता शेयर लिलामी प्रक्रियाबाट बिक्री खुला गरेको हो ।
इन्स्योरेन्सको उक्त शेयरमा लगनीकर्ताले वैशाख २० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ । यसकारण बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
उक्त शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।
शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र विक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकका शाखा कार्यालय झापा, मोरङ, धनुषा, वीरगञ्ज, हेटौँडा, चितवन, कास्की, रुपन्देही, बागलुङ, बाके, सुर्खेत, दाङ, कैलाली, कञ्चनपुरमा प्राप्त गर्न र पेश गर्न सकिनेछ ।