अमरलती चोकमा कामना सेवा विकास बैंक नयाँ शाखारहित बैंकिङ सेवा विस्तार

१९ बैशाख २०७९, सोमबार १८:३१

काठमाडौं । कामना सेवा विकास बैंक नयाँ शाखारहित बैंकिङ सेवा विस्तार कामना सेवा विकास बैंक नयाँ शाखारहित बैंकिङ सेवा विस्तार काठमाडौं । कामना सेवा विकास बैंक नयाँ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ।

बैंकले देशका विभिन्न स्थानमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।

बैंकले सप्तरी जिल्लाको डाक्नेश्वरी नपा–७ अमरलती चोकमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। अमरलतीचोकस्थित ओम शान्ति ट्रेडर्स सेन्टर (प्रो. मुकेशकुमार साह) लाई शाखारहित बैंकिङ सञ्चालनका लागि बैंकले व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ।

नेपाली कांग्रेस मधेश प्रदेशका पूर्वक्षेत्रीय सभापति भगवती यादव तथा डाक्नेश्वरी नपा–७ का प्रहरीनिरीक्षक राजु श्रेष्ठले संयुक्त रुपमा उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन गरी सेवा सुरु गरिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*