नबिल बैंकको चन्द्रागिरि दहचोकमा शाखा विस्तार
काठमाडौं । नबिल बैंकले काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ स्थित दहचोकमा शाखा विस्तार गरेको छ। यो सँगै बैंकको शाखा संख्या १४८ पुगेको छ । सो बैंकले यस वर्ष १ सय ५४ शाखा पुर्याउने लक्ष्य राखेको छ ।
चन्द्रागिरी नगरपालिकाका कार्यकारी अधिकृत निरज पौडेल र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले संयुक्त रुपमा आज आयोजित कार्यक्रममा शाखा शुभारम्भ गरेका हुन् ।
समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले स्थानीय समुदायका घर दैलोमा नै बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराउन शाखा विस्तार गरिएको जानकारी दिए।
उनले भने, “विभिन्न बैंक मर्ज गरेर बैंकको सेवालाई अझै विस्तार गर्ने अभियान जारी छ । ‘क्यासलेस’ अवधारणाअनुसार घरमै बसेर नागरिकले सेवा पाउने वातावरण निर्माणमा बैंक लागेको छ । सेवाग्राहीको पहिलो रोजाइको बैंक बनाउने अभियानमा लागेका छौं । ”