शेयरबजार ४८ अंकले घट्यो, सबै सूचक राताम्य हुँदा १ अर्बमाथिको कारोबार
१९ बैशाख २०७९, सोमबार १५:०८
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । पछिल्लो समय शेयरबजारमा घटबढको उतारचढाव भइरहेको अवस्थामा आज नेप्से परिसूचक ४८.७३ अंकले घटेर २३०७.४४ विन्दुमा कायम भएको छ ।
केही महिनायता नेपाली शेयर मार्केटको अवस्था खस्किदो अवस्थामा पुगिसकेको छ । क्रमशः घट्दै गइरहेको नेप्से इन्डेक्स आज २.०७ प्रतिशतले घटेर २३ सयको विन्दुमा पुगेको छ ।
आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३९ लाख ७८ हजार ७९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार २९२ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् । आज सर्वाधिक जीवन बीमा समुहको ३४२.२५ रुपैयाँ र निर्जिबन बीमा समुहको २१८.६३ रुपैयाँले घट्न पुगेको छ ।