मार्जिन कारोबार सुविधा संसोधन, शेयर ब्रोकरहरुले तोकिएको मार्जिन सीमा कायम गर्नुपर्ने

१९ बैशाख २०७९, सोमबार १२:४९

काठमाडौं । ब्रोकरमार्फत मार्जिन कारोबार सुविधा संसोधन भएको छ। शेयर ब्रोकरहरुले तोकिएको मार्जिन सीमा कायम गर्नुपर्ने अवस्थामा लगानीकर्ताहरुको अनुमतिबिना पनि उनीहरुको खातामा रहेको सेयरहरु बिक्री गर्न पाउने भएका छन्।

बोर्डको निर्देशनपछि नेप्सेले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि (प्रथम संशोधन) २०७७’ कार्यान्वयनमा ल्याएको हो । नेप्सेले दुई वर्ष अघि नै ब्रोकरमार्फत हुने मार्जिन लेन्डिङका लागि कार्यविधि बनाएर लागू गरेको थियो । तर उक्त कार्यविधि व्यवहारिक नभएको भन्दै लगानीकर्ताले चासो नदेखाएपछि संशोधनका लागि बोर्डसमक्ष पेश गरेको थियो । बोर्डले संशोधन गरेको करिब एक वर्षपछि नेप्सेले कार्यविधि कार्यान्वयनमा ल्याएको हो ।

मार्जिन कर्जा लिन कम्तीमा १० हजार सेयरधनी भएको र पछिल्लो २ आर्थिक वर्षमा १०% भन्दा बढी लाभांश दिएको कम्पनीलाई ब्रोकर मार्फत मार्जिन दिन सकिने धितोपत्र बोर्डले बताएको छ । त्यस्तै, अघिल्लो आर्थिक वर्षको कुल कारोबार दिनमा कम्तिमा पनि ८०% कारोबार दिनमा सेयर किनबेच भएको हुनुपर्नेछ । यसैगरी, आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारणसभा गरेको कम्पनीलाई मात्रै मार्जिन सुविधा दिन सकिने प्रावधान छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*