समृद्धि फाइनान्स कम्पनी र होटेल गढी भिउ एण्ड रिसोर्ट मकवानपुरबीच छुट सम्बन्धी सम्झौता

१८ बैशाख २०७९, आईतवार १९:११

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी र होटेल गढी भिउ एण्ड रिसोर्ट मकवानपुरबीच छुट सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौता पश्चात समृद्धि फाइनान्सका ग्राहकहरुले होटेल गढी भिउ एण्ड रिसोटमा जिप लाईनमा ३० प्रतिशत र फुड र बेभरेजमा १० प्रतिशत छुट पाउनेछन् ।

मकवानपुरगढीमा रहेको यो ठाउँ पर्यटकिय स्थलको रुपमा फस्टाउदै गएको छ । यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सका व्यवसाय प्रवद्र्धन विभागका अधिकृत सुरज कुमार सर्राफले जनाएका छन् ।

सो सम्झौता पत्रमा फाइनान्स कम्पनीका तर्फबाट हेटौडा शाखा प्रमुख राजन शर्मा र होटेल गढी भिउ एण्ड रिसोर्ट प्रा।लि। का तर्फबाट होटेलका अध्यक्ष दिलिप घिमिरेले हस्ताक्षर गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*