नेपाल एसबीआई बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्ससम्बन्धी सम्झौता
१९ बैशाख २०७९, सोमबार ०६:०५
काठमाडौं। नेपाल एसबीआई बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्ससम्बन्धी सम्झौता भएको छ । सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल एसबीआईका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देवले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार नेपाल एसबीआई बैंकको रेमिट्यान्स सिस्टमबाट आउने रकम सिटी एक्सप्रेस मनी ट्रान्सफरका १५ हजारभन्दा बढी सहायक प्रतिनिधिहरूमार्फत भुक्तानी हुनेछ । सिटी एक्सप्रेसमार्फत आएको रेमिटेन्स नेपाल एसबीआई बैंकको सम्पूर्ण शाखाहरूबाट भुक्तानी गर्ने सम्झौता भएको हो ।