नेरुडे लघुवित्तको खुद नाफा १८ करोड ४८ लाख रुपैयाँ, चुक्तापुँजी २१% ले बढ्यो
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफा २०.५३ प्रतिशतले बृद्धि भएको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तको नाफा २०.५३ प्रतिशत बढेर १८ करोड ४८ लाख १३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिसम्ममा लघुवित्तले १५ करोड ३३ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक बर्षको ९ महिनामा लघुवित्तले खुद ब्याज आम्दानी १८.०२ प्रतिशत बढाएर ४७ करोड ८७ लाख १२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ४० करोड ५६ लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यस अवधिमा लघुवित्तको सञ्चालन नाफा २९.५५ प्रतिशत घटेर १७ करोड १४ लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी बढेपनि संचालन नाफा घट्दा लघुवित्तको नाफामा आकर्षक सुधार नआएको कम्पनीले जनाएको छ ।
समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २१.४९ प्रतिशत बढेर ६० करोड रुपैयाँ पुगेकोमा जगेडा कोषको आकार २१.१६ प्रतिशत बढेर ७१ करोड ५९ लाख ३ हजार रुपैयाँ संचित रहको छ ।
त्यस्तै बैंक तथा वित्तीय संस्थाबाट लिएको सापटि रकम ३६.७५ प्रतिशत बढेर ५ अर्ब २५ करोड ४९ लाख ९९ हजार रुपैयाँ, निक्षेप २०.२७ प्रतिशत बढेर ३ अर्ब १० करोड ५४ लाख ९५ हजार रुपैयाँ र कर्जा २७.६४ प्रतिशत बढेर ९ अर्ब ९६ करोड ४६ लाख १३ हजार रुपैयाँ पुगेको छ ।
यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ३३ पैसा घटेर ४१ रुपैयाँ ७ पैसा रहेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ २१९.३२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २३.८६ गुणा रहेको छ ।