ग्रीनहिल सिटीलाई त्रिपक्षिय सम्झौता लिएर इजलाशमा उपस्थित हुन उच्च अदालतको आदेश

१५ बैशाख २०७९, बिहीबार २२:२२

काठमाडौं । ग्रीनहिल सिटीलाई आफूले बिक्री गर्न सम्झौता गरेको घरको त्रिपक्षिय सम्झौतालगायतका सक्कल फाइल लिएर इजलाशमा उपस्थित हुन उच्च अदालत पाटनले आदेश दिएको छ । साथै सेन्चुरी बैंकलाई समेत उपस्थित हुन भनेको छ ।

शान्ता शर्माले घर किन्न भनेर बैना बापत एक करोड तीन लाख बुझाएको, सेन्चुरी बैंकबाट एक करोड रुपैयाँ ऋण लिएर सिधैं ग्रीनहिल सिटीलाई रकम बुझाउँदा समेत घर तयार नगरी पैसा मात्रै माग्दै आएको थियो । घर दिने त्रिपक्षिय सम्झौता गरी घर नै तयार नगर्ने, बैंकबाट लिएको ऋण समेत लिएको होइन भन्दै ढाँटछल गरी पत्राचार गर्न थालेपछि शान्ता शर्माले उच्च अदालत पाटनमा ग्रीनहिल सिटी र सेन्चुरी बैंक तथा नेपाल नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाएर रिट दायर गरेकी थिईन् । सो रिटमाथि हिजो भएको बहसमा पीडित शान्ता शर्माका श्रीमान सामाजिक अभियान्ता इन्जिनियर दीपेन्द्र कँडेल आफैले बहस गरेका थिए ।

उच्च अदालत पाटनबाट हिजो जारी आदेशपछि अब ग्रीनहिल सिटी त्रिपक्षिय सम्झौता लगायतका सक्कल फाइल सहित उपस्थित हुनुपर्नेछ । त्यस्तै सेन्चुरी बैंकले पनि एक करोड रुपैयाँ ऋण प्रवाह भएको प्रमाण लिएर उपस्थित हुनुपर्ने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*