पठाओका उत्कृष्ट राइडरलाई श्रम दिवसको अवसरमा सम्मान गरिँदै

१५ बैशाख २०७९, बिहीबार १७:४७

काठमाडौं । शेयर राइडिङ एप ‘पठाओ’ले वर्षभरिका उत्कृष्ट राइडर, क्याप्टेन, फुडमेन र रेस्टुरेन्टलाई सम्मान गर्ने भएको छ । पठाओ नेपालका प्रवक्ता सुरक्षा हमालका अनुसार २०७८ साल भरी उत्कृष्ट सेवा प्रदायकहरूलाई सम्मान गर्ने तयारी गरिएको हो ।

पठाओको यात्रामा राइडर, क्याप्टेन र फुडमेनहरुले पठाओलाई दिएको योगदानलाई कदर गर्दै उक्त अवार्ड आयोजना गर्न लागिएको उनले बताइन् ।

‘सबै कामलाई सम्मान गरौं, एउटै नजरले हेरौं र सोचमा सकारात्मक परिवर्तन ल्याउँ’ भन्ने आशाका साथ कार्यक्रम आयोजना गरिएको उनको भनाई छ ।

पठाओले वैशाख १८ गते विश्व मजदुर दिवसको अवसर पारेर उत्कृष्ट राइड सेयरिङ प्लेटफर्म बनाउन योगदान दिने राइडर, क्याप्टेन र फुडमेनहरूलाई प्रोत्साहन गर्न सो कार्यक्रमको आयोजना गरेको हो । यस कार्यक्रमलाई आगामी वर्षहरूमा पनि आयोजना गर्ने हमालले जानकारी दिइन् ।

सन् २०१८ सेप्टेम्बर २५ तारिखमा बाइकमा राइड सेयरिङमार्फत पठाओ नेपालले सेवा सुरू गरेको थियो । २०१९ अगस्ट ९ तारिखमा कार लाइट अर्थात् ट्याक्सी सेवा सुरू गरेको पठाओले राइड सेयरिङ सुरू गरेको दुई वर्षपछि सन् २०२० सेप्टेम्बर २५ तारिखदेखि होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउँदै ‘पठाओ फुड’ सञ्चालनमा ल्याएको छ ।

पछिल्लो समय पठाओमा आम सर्वसाधारणको क्रेज बढ्दो छ । उपत्यकाभित्र आफु पुग्नुपर्ने स्थानमा छोटो समयमा नै पुग्न सकिने र पठाओको कारण दैनिक आवतजावत गर्न सहज भएको प्रयोगकर्ताहरुको भनाई छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*