आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । बिहिबार शेयरबजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक २२ अंकले घट्दा नेप्सेमा रहेका १३ उपसूचक नै राताम्य भएका छन् ।
केही सीमित कम्पनीहरु बाहेकका धेरैजसो कम्पनीहरुको शेयरमूल्य आज घट्न पुगेको छ । यसकारण पनि शेयरबजारमा कारोबार गर्ने लगानीकर्ताहरुले आफुसँग भएको शेयर ‘होल्ड’ गरेको देखिएको छ । जसकारण शेयरबजारमा शेयरको मात्रा र कारोबार रकम खासै बढ्न सकेको छैन ।
आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४५ लाख ७४ हजार ५२० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४९ करोड ६२ लाख ४६ हजार ८०८ रुपैयाँको कारोबार भएको छ ।
बिहिबार जाल्पा सामुदायिक लघुवित्त सहित केही कम्पनीको शेयरमूल्य बढेको छ भने धेरैजसो कम्पनीको घट्न पुगेको छ । आज सर्वाधिक गुमाउने कम्पनीमा गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्स रहेको छ । कम्पनीको शेयरमूल्य आज ३.९८ प्रतिशतले घटेको छ ।
त्यस्तै, गणपति लघुवित्तको ३.८३ प्रतिशत, महुली लघुवित्तको ३.७३ प्रतिशत, पाँचथर पावरको ३.७१ प्रतिशत र किसान लघुवित्तको ३.६७ प्रतिशत अंकले घटेको छ ।