जेड वर्गमा परेका दुई कम्पनीलाई पुनरावलोकनपछि ‘ए’ वर्गमा
१५ बैशाख २०७९, बिहीबार १५:३२
काठमाडौं । यस अघि जेड वर्गमा परेका दुई कम्पनीलाई पुनरावलोकनपछि ‘ए’ वर्गमा पारेको छ । नेप्सेले ज्योति विकास बैंक र सानिमा माई हाइड्रोपावरलाई ‘ए’ वर्गमा पारेको हो ।
यसअघि चैत ६ गते सूचीकृत कम्पनीहरुको वर्गिकरण गर्दा यी दुवै कम्पनी ‘जेड’ वर्गमा परेका थिए । दुवै कम्पनीले जेड वर्गमा पर्नु नपर्ने कारण सहितको दाबी पेश गरेपछि पुनरावलोकन गरी तोकिएको अवधिभित्र रितपूर्वक निवेदन पर्न आएको भन्दै नेप्सेले ‘ए’ वर्गमा पारेको हो ।नेप्सेले गरेको वर्गिकरणमा परेका कम्पनीहरुले उल्लेखित समूहमा पर्नु नपर्ने कारण सहित ३५ दिनभित्र दाबी गर्न सक्ने व्यवस्था समेत रहेको छ ।