आइएमई जनरल इन्स्योरेन्ससहित यी हुन आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको अन्तिम दिन बिहिबार नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो दिन बुधबार ५ अंकले बढेको शेयरबजार आज २२ अंकले घटेको छ ।
आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४५ लाख ७४ हजार ५२० कित्ता शेयर किनबेच हुँदा १अर्ब ४९ करोड ६२ लाख ४६ हजार ८०८ रुपैयाँको कारोबार भएको छ ।
नयाँ वर्षको सुरुवात भएसँगै कारोबार रकम ३ अर्बभन्दा माथि उक्लिन सकेको छैन । गत वर्षको साउन महिनामा २१ अर्बसम्मको कारोबार भएको शेयरबजारमा पछिल्लो समय ४।५ अर्बसम्म कारोबार सीमित हुन पुगेको छ ।
धितोपत्र दोस्रो बजारमा छिर्ने नयाँ लगानीकर्ताहरु थपिँदै गएतापनि पछिल्लो समय लगानीकर्ताहरु होल्डमा बसेको देखिएको छ । यसकारण कारोबारमा खासै उत्साह देखिएको छैन ।
आज एक अर्बमाथिको कारोबार हुँदा सर्वाधिक आइएमई जनरल इन्स्योरेन्सको कारोबार भएको छ । कम्पनीको आज एकैदिन ५ करोड २५ लाख ४९ हजार ६०३ रुपैयाँको कारोबारा भएको छ ।
त्यस्तै, हिमालयन डिस्टिलरीको ५ करोड ३ लाख, एनसीसी बैंकको ४ करोड ९७ लाख, अरुण भ्याली हाइड्रोपावरको ४ करोड ७३ लाख र नबिल बैंकको ४ करोड २ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।