मिर्मिरे लघुवित्तको खुद नाफा साढे ४९ करोड रुपैयाँ, चुक्तापुँजी ३१ प्रतिशतले बढ्यो

१५ बैशाख २०७९, बिहीबार ११:३३

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअुनसार लघुवित्तको नाफामा सुधार देखिएको छ ।

चालु् आवको चैत मसान्तसम्ममा संस्थाको खुद नाफा १८.६४ प्रतिशत बढेर १७ करोड ४९ लाख ९२ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १४ करोड ७५ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ९ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी ४५.०१ प्रतिशत बढेर ४१ करोड ५४ लाख ६६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २९ करोड ३४ लाख १० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा लघुवित्तको सञ्चालन नाफा २७.२७ प्रतिशत बढेर २७ करोड ७७ लाख ६६ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ३०.९७ प्रतिशत बढेर ५२ करोड २० लाख ८५ हजार रुपैयाँ, जगेडा कोष ६४.०७ प्रतिशत बढेर ४२ करोड ४ लाख ८० हजार रुपैयाँ, सापटि रकम ३१.५१ प्रतिशत बढेर ५ अर्ब ५५ करोड ५५ हजार रुपैयाँ, निक्षेप ३५.७८ प्रतिशत बढेर २ अर्ब ५४ करोड ८३ लाख ३१ हजार रुपैयाँ र कर्जा ३४.४५ प्रतिशत बढेर ८ अर्ब ७४ करोड ५२ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९६ पैसाल घटेर ४४ रुपैयाँ ६९ पैसामा सिमित भएको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ५४ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*