मेरो माइक्रोफाइनान्सको खुद नाफा सवा ३४ करोड रुपैयाँ माथि, इपिएस कति ?

१५ बैशाख २०७९, बिहीबार ११:२३

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाको नाफामा सामान्य सुधार देखिएको छ ।

चालु आवको चैत मसान्तसम्ममा संस्थाले ३४ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत आवको तुलनामा १५.२० प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्ममा लघुवित्तले २९ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै समिक्षा अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी ४१.६० प्रतिशतले बढेर ८० करोड ९१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन नाफा पनि १५.९० प्रतिशतले बढेर ५४ करोड १० लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी र संचालन नाफा दुवै बढेकोले संस्थाको नाफामा सुधार आएको हो ।

यस अवधिसम्ममा संस्थाको चुक्तापुँजी २० प्रतिशतले बढेर १ अर्ब २० करोड रुपैयाँ पुगेको छ । साथै रिजर्भको आकार समेत ५०.९७ प्रतिशतले बृद्धि भई ७२ करोड ४९ लाख रुपैयाँ संचित रहेको छ ।

चालु आवको चैत मसान्तसम्ममा संस्थाले बैंक तथा वित्तीय संस्थाबाट १० अर्ब ९९ करोड रुपैयाँ सापटी लिई १६ अर्ब २४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । साथै यस अवधिसम्ममा संस्थाले ३ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

समिक्षा अवधिसम्ममा संस्थाको खराब कर्जा ३.८८ प्रतिशत पुगेको छ भने प्रतिशेयर आम्दानी ३७.९५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६०.४१ रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*