४१ करोड रुपैयाँ चुक्तापुँजी रहेको इन्फिनिटी लघुवित्तको यस्तो देखियो वित्तीय अवस्था

१५ बैशाख २०७९, बिहीबार ११:१२

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको चैत मसान्तसम्ममा ११ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

संस्थाले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाको नाफा १३.०१ प्र्रतिशतले बढेको हो । गत आवको यसै अवधिसम्ममा संस्थाको नाफा १० करोड ४७ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै यस अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी ३२.२३ प्रतिशतले बढेर २५ करोड ४९ लाख रुपैयाँ पुगेको छ भने संचालन नाफामा १.४० प्रतिशतले घटेर १५ करोड ७ लाख रुपैयाँ पुगेको छ । यस अवधिसम्ममा संचालन नाफामा सामान्य गिरावट आएको कारण कम्पनीको नाफा पनि सामान्य बृद्धि भएको हो ।

चैत मसान्तसम्ममा संस्थाको चुक्तापुँजी ५९ प्रतिशतले बढेर ४१ करोड ४५ लाख रुपैयाँ पुगेकोमा जगेडा कोषको आकार ५२.४७ प्रतिशतले बढेर २२ करोड ३२ लाख रुपैयाँ सचित गर्न सफल भएको छ । त्यस्तै यस अवधिसम्ममा संस्थाको १ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ अर्ब ७१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

संस्थाको प्रतिशेयर आम्दानी ३८.०७ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १५३.८६ रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*