सिवाइसी नेपाल लघुवित्तकाे आइपिओ बाँडफाँड सम्पन्न

१५ बैशाख २०७९, बिहीबार ०९:५६

काठमाडौं । सीवाईसी नेपाल लघुवित्तको आइपीओ आज बाँडफाँड सम्पन्न भएकाे छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा आज बिहान ९ बजे आइपीओ बाँडफाँट सम्पन्न गरेकाे हाे। गाेलाप्रथा गर्दा ९ र ७ आएकाे छ । अब साेही नम्बरकाे आधारमा बाँडफाँड सम्पन्न गरिनेछ ।

लघुवित्तको आइपीओमा मागभन्दा ६९.७९ गुणा बढी आवेदन परेको छ ।  आवेदन दिएका मध्ये ३६ हजार ९४८ जनाले मात्र सेयर हात पारेका छन् भने बाँकी २२ लाख ४७ हजार ९०० जनाको भने हात खाली भएकाे छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*