सीवाईसी नेपाल लघुवित्तको आइपीओ आज बाँडफाँट हुँदै, २२ लाख बढीको हात खाली

१५ बैशाख २०७९, बिहीबार ०५:४१

काठमाडौं । सीवाईसी नेपाल लघुवित्तको आइपीओ आज बाँडफाँट हुँदैछ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा आज बिहान ९ बजे आइपीओ बाँडफाँट हुँदैछ ।

लघुवित्तको आइपीओमा मागभन्दा ६९.७९ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा ३६ हजार ९४८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी २२ लाख ४७ हजार ९०० जनाको भने हात खाली हुनेछ ।

यसमा कुल २२ लाख ८४ हजार ८४९ जनाले २ करोड ५७ लाख ६१ हजार ९०० कित्ताका लागि आवेदन दिएका छन् । कुल २ अर्ब ५७ करोड ६१ लाख ९० हजार रुपैयाँ बरारको आवेदन परेको छ ।

कम्पनीले वैशाख २ गतेबाट ६ गतेसम्म कुल ३ लाख ९५ हजार ३३६ कित्ता साधारण सेयर निष्कासन खुला गरेको थियो । यो मध्ये ५% अर्थात् १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र ०.५% अर्थात् ६ हजार ८२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*