आफनो भूमिका नदेख्ने सरकार निलम्बन गर्न लागिपर्यो: अध्यक्ष रुद्र तिम्सिना

१४ बैशाख २०७९, बुधबार १७:००

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६७ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । नेपाल नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्र बैंक शाखाका अध्यक्ष राजीव शर्मा रेग्मीले आफूहरू सबै केन्द्रीय बैंकको स्वायत्तताको पक्षमा रहेको बताए । तर, केही घटनाक्रमले दुःखित तुल्याएको छ’, उनले थपे, ‘राष्ट्र बैंकजस्तो संस्था अस्थिर हुनु हुँदैन ।’

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णप्रति लक्षित गर्दै रेग्मीले अदालतमा प्रवेश गरेको विषयमा धेरै बोल्न नहुने बताउँदै सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशले आफूहरू खुसी भएको बताएका हुन् ।

राष्ट्र बैंकका तीनवटै कर्मचारी संघको सहमति नहुँदा नहुँदै पनि कर्मचारी सेवा विनियमावली संशोधन हुन लागेको उल्लेख गर्दै यसरी सहमतिबिबै विनियमावली संशोधन हुन्छ भने स्वीकार्य नहुने बताए– एचआर प्यान अध्ययन एकातिर र कार्यान्वयन अर्कातिर हुन्छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष रूद्र तिम्सिनाले वार्षिकोत्सव मनाउँदा अप्ठ्यारो मान्नुपर्ने अवस्था आएको भन्दै बैंकले हस्तक्षेप भोगेको इतिहास तिलक रावल भएको बताए ।कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष रूद्र तिम्सिनाले वार्षिकोत्सव मनाउँदा अप्ठ्यारो मान्नुपर्ने अवस्था आएको भन्दै बैंकले हस्तक्षेप भोगेको इतिहास तिलक रावल भएको बताए ।

‘२०५८ सालमा आएको ऐनले राष्ट्र बैंकलाई स्वायत्त बनाएको थियो’, उनले भने, ‘त्यसपछि पनि वित्तीय माफियाको चंगुलमा राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप भयो । तत्कालीन गभर्नर विजयनाथ भट्टराई निलम्बनमा परे । अदालतले न्याय दिएपछि राष्ट्र बैंकको स्वायत्तता स्थापित भयो ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*