सामान्य अंकले बढेको शेयरबजारमा आज यी कम्पनीका लगानीकर्ताले गुमाए

१४ बैशाख २०७९, बुधबार १५:२७

काठमाडौं । बुधबार शेयरबजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ५ अंकले बढ्न पुगेको छ । सामान्य अंकको बृद्धि भएतापनि शेयरबजारमा कारोबार रकम भने बढ्न सकेको छैन ।

आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको २८ लाख ८५ हजार ३९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८ करोड ९९ लाख ९२ हजार ३६ रुपैयाँको कारोबार भएको छ ।

नेप्से परिसूचक बढेपनि घटेपनि लगानीकर्ताहरु पछिल्लो समय होल्डमा बसेको देखिएको छ । यस साताको पहिलो दिन शेयरबजार ९५ अंकले बढ्दापनि जम्मा करिब ३ अर्बको कारोबार भएको थियो ।

आज पनि सामान्य अंकको बृद्धि हुँदा कारोबार एक अर्बमा खुम्चिन पुगेको छ । पुँजीबजारमा हरियाली छाएपनि केही कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाउन पुगेका छन् । सर्वाधिक गुमाउनेमा सानिमा इक्विटी फण्ड रहेको छ । कम्पनीको आज ३.३८ प्रतिशतले घटेको हो ।

त्यस्तै, सानिमा लार्ज क्याप फण्डको ३.३७ प्रतिशत, माउन्टेन इनर्जीको ३.१८ प्रतिशत, महुली लघुवित्तको ३.११ प्रतिशत र साना किसान लघुवित्तको २.९१ प्रतिशत अंकले घटेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*