जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्किट, आज कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?
१४ बैशाख २०७९, बुधबार १५:१९
काठमाडौं । अघिल्लो दिन १५ अंकले घटेको पुँजीबजार आज सामान्य बृद्धि भएको छ । देशमा आर्थिक संकट बढेसँगै शेयरबजारमा समेत प्रभाव देखिएकोले निरन्तर घटिरहेको छ ।
आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको २८ लाख ८५ हजार ३९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८ करोड ९९ लाख ९२ हजार ३६ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा सामान्य बृद्धि हुँदा केही कम्पनीका लगानीकर्ताले कमाउन सफल भएका छन् । आज सर्वाधिक कमाउने कम्पनीमा जाल्पा सामुदायिक लघुवित्त रहेको छ । कम्पनीको शेयरमा आज सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, नेपाल फाइनान्सको ६.८२ प्रतिशत, राधि विद्युत कम्पनीको ५.५४ प्रतिशत, ङादी ग्रुप पावरको ४.६५ प्रतिशत र महुली लघुवित्तको ३.८८ प्रतिशत अंकले बढेको छ ।