अरुण भ्याली हाइड्रोपावर सहित यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार
१४ बैशाख २०७९, बुधबार १५:१३
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा सामान्य बृद्धि भएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से परिसूचक आज ५ अंकले बढेर एक अर्बमाथिको कारोबार हुन पुगेको छ ।
आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको २८ लाख ८५ हजार ३९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८ करोड ९९ लाख ९२ हजार ३६ रुपैयाँको कारोबार भएको छ ।
शेयरबजारमा हरियाली छाएपनि कारोबार खासै सन्तोषजनक देखिएको छैन । आज एक अर्बमाथिको कारोबार हुँदा सर्वाधिक अरुण भ्याली हाइड्रोपावरको भएको छ । कम्पनीको आज एकैदिन ५ करोड २१ लाख १३ हजार ३३२ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिस्टिलरीको ३ करोड ८० लाख, नेपाल फाइनान्सको ३ करोड ३६ लाख, नबिल बैंकको ३ करोड २६ लाख र एनआइसी एशिया बैंकको २ करोड ८८ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।