झिनो अंकले बढ्यो नेप्से, विकास बैंक सूचक चम्किँदा १ अर्बमाथिको कारोबार

१४ बैशाख २०७९, बुधबार १५:०८

काठमाडौं । साताको चौथो दिन शेयरबजार झिनो अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से परिसूचक आज ५.१७ अंकले बढेर २३७६.१७ विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको २८ लाख ८५ हजार ३९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८ करोड ९९ लाख ९२ हजार ३६ रुपैयाँको कारोबार भएको छ ।

शेयरबजारमा पछिल्लो समय शेयरको मात्रा र कारोबार रकममा खासै बृद्धि हुन सकेको छैन । आर्थिक संकटकाबीच घट्दो अवस्थामा रहेको शेयरबजारमा कारोबार रकम समेत घट्दै एक अर्बमा खुम्चिन पुगेको छ ।

नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज ४ उपसूचक बाहेकका सबै समुहमा हरियाली छाएको छ । सर्वाधिक विकास बैंक समुहको ७५.०१ रुपैयाँ बढेको छ भने सर्वाधिक व्यापार समुह ५.३९ रुपैयाँले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*