एनएमबी लघुवित्तको कम्पनी सचिवमा सूर्यबहादुर थापा नियुक्त
१४ बैशाख २०७९, बुधबार १३:२९
काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा सूर्यबहादुर थापा नियुक्त भएका छन् ।
यसअघि सो पदमा रहेका गोविन्द वास्तोलाले आफ्नो व्यक्तिगत कारण देखाइ राजिनामा दिएकोमा कम्पनीको वैशाख १२ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।
साथै सोही बैठकले वैशाख १२ गतेदेखि नै लागूहुनेगरी कम्पनी सचिवमा सूर्यबहादुर थापालाई नियुक्त गरेको हो ।