प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँड

१४ बैशाख २०७९, बुधबार ११:०९

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । । बैंकले चैत १६ गतेदेखि ३० गतेसम्म विक्री गरेको ऋणपत्र वैशाख १२ गते बाँडफाँड गरेको हो ।

बैंकले १० वर्षे अवधिको प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र बाँडफाँड गरेको हो । रितपूर्वक आवेदन दिने सबै आवेदकहरुलाई माग बमोजिमकै ऋणपत्र बाँडफाँड गरिएको बैंकले जनाएको छ ।

कुल कित्ता ऋणपत्रमध्ये बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता भने व्यक्तिगत तवरबाट विक्री गरेको थियो भने १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्तामध्ये सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता छुट्याई बाँकी ऋणपत्र सार्वजनिक निष्कासनमार्फत विक्री गरेको थियो ।

बैंकले ‘१० प्रतिशत प्राइम डिबेन्चर २०८८’ नामको ऋणपत्र निष्कासन गरेको हो । यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था थियो ।

ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*