नेपाल फाइनान्सद्धारा हकप्रद निष्काशनको लागि बुकक्लोजको मिति तय
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्काशनको लागि बुकक्लोजको मिति तय गरेको छ । कम्पनीले चुक्तापूँजीको १ः०.७० अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
फाइनान्सको वैशाख १३ गते बसेको संचालक समितिको बैठकले हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागि वैशाख २१ गते एक दिन बुकक्लोज गर्ने मिति तय गरेको छ । यसअनुसार वैशाख २० गते मंगलबारसम्म कायम शेयरधनीहरुले मात्र नेपाल फाइनान्सको हकप्रदमा आवेदन दिन पाउनेछन् ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट १ः०.७० को अनुपातमा ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद निष्काशन गर्न अनुमति पाइसकेको छ ।
साथै हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई निष्काशन समेत गरिसकेको छ । अब कम्पनीले छिट्टै हकप्रद निष्काशन प्रक्रिया अघि बढाउनेछ । हकप्रदपछि कम्पनीको चुक्तापुँजी ४९ करोड ३४ लाख रुपैयाँबाट ८३ करोड ८९ लाख रुपैयाँ पुग्नेछ ।