कुमारी बैंकको सिईओमा रामचन्द्र खनाल नियुक्त, नौ महिनादेखिको रिक्तताको अन्त्य

१३ बैशाख २०७९, मंगलवार २१:५८

काठमाडौं । नेपालको क बर्गको वित्तिय संस्था कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् । नौ महिना भन्दा लामो समयदेखिको रिक्ततालाई अन्त्य गर्दै बैंकको सञ्चालक समितिले खनाललाई सिईओमा नियुक्त गरेको हो ।

हाल कामु सिईओ रहेका खनाल बैंकिङ क्षेत्रमा लामो समय काम गरेका अनुभवी बैंकर हुन् । यसअघि सिद्धार्थ बैंक, एनआईसी एसिया बैंकमा काम गरिसकेका खनालले कुमारी बैंकमा व्यवसायिक दक्षता प्रदर्शन गर्दै अघि बढाउने विश्वास लिइएको छ । आज बसेको सञ्चालक समितिको बैठकले खनाललाई भोलि बैशाख १४ गतेबाट लागू हुने गरी आगामी चार वर्षको लागि सिईओमा नियुक्त गरेको हो ।

कुमारी बैंकमा गत साउन देखि नै सिईओ पद रिक्त छ । तत्कालीन कामु सीईओ अनुजमणि तिमिल्सिना र डेपुटी सीईओ मनिष तिमिल्सिनाले स्वेच्छिक अवकाश लिएपछि अप्रेशन प्रमुख खनाललाई कामुको जिम्मेवारी दिइएको थियो । छोटो अवधीमा बैंकलाई कुशल ढंगले लिड गर्न सक्षम देखेपछि सञ्चालक समितिले सिईओमा नियुक्ती दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*