सिद्धार्थ बैंकसहित यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

१३ बैशाख २०७९, मंगलवार १५:१९

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजार दोहोरो अंकले घटेको छ । आइतबार अकस्मात ९५ अंकले बढेको शेयरबजार त्यसयता फेरी ओरालोतर्फ लागेको छ ।

सोमबार ३४ अंकले शेयरबजार घटेको थियो भने आज १५ अंकले घट्न पुगेको छ । सूचक घटेसँगै शेयरबजारमा कारोबार रकम समेत ह्वात्तै घट्न पुगेको छ ।

आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३४ लाख १९ हजार २२८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४ करोड ६० लाख १४ हजार ४१७ रुपैयाँको कारोबार भएको छ ।

दुई दिनसम्म २ अर्बमाथिको कारोबार भएको शेयरबजारमा आज एक अर्बमा खुम्चिन पुगेको छ । सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक सिद्धार्थ बैंक लिमिटेडको भएको छ । बैंकको आज एकैदिन ४ करोड २१ लाख ८२ हजार ६ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, अपि पावरको ४ करोड, नेष्डो समृद्ध लघुवित्तको ३ करोड ५ लाख, अरुण भ्याली हाइड्रोपावरको २ करोड ९२ लाख र हिमालयन डिस्टिलरीको २ करोड ८५ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*