दोहोरो अंकले घट्यो नेप्से, ११ सूचक राताम्य हुँदा कारोबार एक अर्बमा खुम्चियो

१३ बैशाख २०७९, मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो दिन शेयरबजार दोहोरो अंकले घटेको छ । अघिल्लो दिन ३४ अंकले घटेको नेप्से परिसूचक आज १५.०२ अंकले घटेर २३७०.९९ विन्दुमा पुगेको छ ।

आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३४ लाख १९ हजार २२८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४ करोड ६० लाख १४ हजार ४१७ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से ओरालो लागेसँगै शेयरको मात्रा र कारोबार रकम समेत ह्वात्तै घटेको छ । लगानीकर्ताहरु पुनः निष्क्रिय बन्न पुगेका छन् ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज उत्पादन तथा प्रशोधन समुह र म्युचुअल फण्ड समुह बाहेकका सबै समुह राताम्य भएका छन् । उत्पादन तथा प्रशोधन समुह १६.४३ रुपैयाँ र म्युचुअल फण्ड समुह शुन्य दशमलव २५ रुपैयाँले बढेको छ ।
त्यस्तै सर्वाधिक निर्जिबन बीमा समुहको १००.१६ रुपैयाँले घट्न पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*