गभर्नर अधिकारी आजै घर जाँदै ! न्यायाधिश सपना मल्ल र टंक बहादुर मोक्तानको इजलाशमा सुनुवाई हुँदै

१३ बैशाख २०७९, मंगलवार १२:०५

अपडेटः गभर्नर महा प्रसाद अधिकारीकाे मुद्दामा सुनुवाई सुरू भएकाे छ ।

काठमाडाैं। अल्पकालिन आदेशका कारण आजसम्म छानविन नगर्नु नगराउनु भनि रोकिएको गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा आथि सर्वोच्च अदालतमा बहस सुरु हुन लागेको छ ।

आज सपना प्रधानम मल्ल र टंक बहादुर मोक्तानको इजलाशमा रहेकोमा अबको केहीबेर पछि सुनुवाई सुरु हुनेछ । यसअघि हरि प्रसाद फुयाँलको एकल इजलाशले गभर्नर अधिकारीको माग बमोजिमको अल्पकालिन अन्तरिम आदेश जारी गर्दै गत चैत्र २४ गतेको छानविन तत्काल रोक्नु र निर्वाध रुपमा कार्यालयमा गई काम गर्न नरोक्नु भन्ने अन्तरिम आदेश जारी गरिएको थियो ।

सरकारले नेपाल राष्ट्र बैंक ऐन अनुसार नै सर्वोच्च अदालतका पूर्व न्यायाधिशको संयोजकत्वमा छानविन समिति गठन गरेकोले गभर्नर अधिकारी आजै साँझबाट घर जाने लगभग निश्चित नै रहेको देखिएको छ ।

गभर्नर अधिकारीलाई मन्त्रिपरिषदबाट बर्खास्त गरेको नभई हाल छानविन मात्रै गर्न लागेकोले छानविन गर्ने कुरा नेपाल राष्ट बैंक अनुसार वैधानिक कार्य भएको सरकारी अधिकारीहरुको भनाई छ । त्यसैले पनि आज गभर्नर घर जानेमा अर्थमन्त्रालय ढुक्क जस्तै देखिएको छ ।
यसअघि न्यायाधिश हरि प्रसाद फुँयालले दिएको अल्पकालिन अन्तरिम आदेश खारेज हुने वित्तिकै गभर्नर अधिकारी पुनः पहिलेकै निलम्वित अवस्थामा पुग्ने भएकोले उनको घर तर्फको यात्रा तय हुने निश्चित भएको हो ।

छानविन गरेर पछि बर्खास्त गर्ने र त्यसको लागि आधार कारण पुग्ने नपुग्ने पछिको कुरा भएपनि हाललाई निलम्वन पुनः सुरु हुने देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*