सनराइज बैंकको संस्थापक शेयर बिक्रीमा

१३ बैशाख २०७९, मंगलवार ११:५६

काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केही संस्थापक शेयरधनीको आफ्नो नाममा रहेको शेयर बिक्री गर्न लागेको हो ।

बैंकका संस्थापक शेयरधनी चिराग गोयलले आफ्नो नाममा रहेको १२६ कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।

उक्त शेयरको न्यूनतम मूल्य १९५ रुपैयाँ तोकेको छ । यसअनुसार इच्छुक खरिदकर्ताले आवेदन दिँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरि बोलपत्र पेश गर्नुपर्नेछ ।

इच्छुक विद्यमान सस्थापक शेयरधनीले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय गैह्रिधारा स्थित, शेयर रजिष्ट्री विभागमा लाहाछाप सहितको शिलबन्दी निवेदन पेश गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*