चालु आवको तेस्रो त्रैमासम्ममा महुली लघुवित्तको नाफा १४% ले बढ्यो, अन्य सूचक कस्तो ?

१३ बैशाख २०७९, मंगलवार ११:३८

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ७ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको तुलनामा १४.२१ प्रतिशतले बढी हो ।

कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासम्मको वित्तीय विवरणअनुसार संस्थाको नाफामा सुधार देखिएको हो । गत आवको यसै अवधिसम्ममा संस्थाले ६ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, समिक्षा अवधिसम्ममा कम्पनीको खुद ब्याज आम्दानी ४० प्रतिशतले बढेर २२ करोड ३० लाख रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी १५ करोड ८७ लाख रुपैयाँ रहेको थियो ।

साथै गत आवको चैत मसान्तसम्ममा १० करोड ७४ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको संस्थाले यस अवधिसम्ममा १२.७७ प्रतिशतले बढाएर १२ करोड ११ लाख रुपैयाँ पुर्याएको छ । यस अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी र संचालन नाफामा सुधार आएसँगै कम्पनीको नाफा बढ्न पुगेको हो ।

त्यस्तै, चालु आवको तेस्रो त्रैमासम्ममा संस्थाको चुक्तापुँजी २६ प्रतिशतले बढेर २८ करोड २१ लाख पुगेकोमा संस्थाले जगेडा कोषको आकार समेत १९.८२ प्रतिशतले बढाएर २६ करोड ५४ लाख रुपैयाँ संचित गर्न सफल भएको छ ।

यस अवधिसम्ममा संस्थाले बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब १३ करोड रुपैयाँ सापटी लिई ४ अर्ब २४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ भने १ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

संस्थाको चैत मसान्तसम्ममा वार्षिकी प्रतिशेयर आम्दानी ३.७३ पैसा घटेर ३६.०७ रुपैयाँ पुगेको छ । त्यस्तै, प्रतिशेयर नेवटर्थ ४.८६ रुपैयाँ घटेर १९४.०९ रुपैयाँ पुगेको छ । खराब कर्जा २.५९% पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*